१९ असार २०८३, शुक्रबार

दार्चुलामा सबै प्रकारका चामलमा प्रतिकिलो १० रुपैयाँ छुट

ड्रागन मिडिया संवाददाता
दार्चुला

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको दार्चुला शाखाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो १० रुपैयाँ छुटसहित बिक्री सुरु गरेको छ।

कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार असार १२ गतेदेखि लागू गरिएको उक्त सहुलियत असार मसान्तसम्म कायम रहने शाखा कार्यालयले जनाएको छ।

नयाँ मूल्यसूचीअनुसार अरुवा मोटा चामलको मूल्य प्रतिकिलो ५६ रुपैयाँबाट घटाएर ४६ रुपैयाँ कायम गरिएको छ। २५ किलोग्रामको एक बोराको मूल्य एक हजार १५० रुपैयाँ तोकिएको छ।

त्यसैगरी, स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो ८४ रुपैयाँबाट घटाएर ७४ रुपैयाँ कायम गरिएको छ। २५ किलोग्रामको एक बोराको मूल्य एक हजार ८५० रुपैयाँ निर्धारण गरिएको शाखाले जनाएको छ।

गहुँको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। गहुँ साविककै प्रतिकिलो ५३ रुपैयाँमा बिक्री भइरहेको छ भने २५ किलोग्रामको एक बोराको मूल्य एक हजार ३२५ रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button