१९ असार २०८३, शुक्रबार

एसियाली खेलकुदको स्केटिङमा गजेन्द्र र शरदले प्रतिस्पर्धा गर्ने

ड्रागन मिडिया संवाददाता
काठमाडौँ

गजेन्द्र बर्देवा र शरदकुमार राईले जापानको आइची–नागोया सहरमा हुने एसियाली खेलकुदअन्तर्गत स्केटिङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ एसोसिएसनले आगामी सेप्टेम्बरमा हुने प्रतियोगिताका लागि गजेन्द्र र शरद छनोट भएको बिहीबार जनाएको हो।

एसोसिएसनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूले गरेको उत्कृष्ट प्रदर्शनका आधारमा एसियाली खेलकुदका लागि छनोट गरिएको हो।

काठमाडौँको बत्तीसपुतलीस्थित होटल तपसमा बिहीबार आयोजित कार्यक्रममा खेलाडी छनोटको औपचारिक घोषणा गरिएको थियो।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष अच्युत खनाल, उपाध्यक्ष जागृत पहाडी, महासचिव सत्य थापा, बागमती प्रदेश प्रमुख विकास लामा र स्केटिङका प्रमुख प्रशिक्षक दिलीपराज बराल सहभागी थिए।

प्रमुख प्रशिक्षक बरालले जापानमा हुने प्रतिस्पर्धामा सफलता हासिल गर्न खेल रणनीति, अनुशासन र आत्मविश्वासलाई विशेष प्राथमिकता दिनुपर्ने बताए।

उनले खेलाडीलाई नियमित प्रशिक्षण, शारीरिक तयारी र मानसिक दृढतासहित प्रतियोगितामा सहभागी हुन सुझाव दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button