१९ असार २०८३, शुक्रबार

२४ घण्टामा दुई हजार ४२ चालक कारबाहीमा, १३ लाख ३३ हजार राजस्व

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ४२ चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न स्थानमा गरिएको ट्राफिक जाँच तथा अनुगमनका क्रममा ती चालकलाई कारबाही गरिएको हो। कारबाहीबाट राज्यकोषमा १३ लाख ३३ हजार रुपैयाँ राजस्व दाखिला भएको कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५६ जना छन्। नियमविपरीत राइड सेयरिङ सेवा सञ्चालन गर्ने १२१ र ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने ८७ चालक पनि कारबाहीमा परेका छन्।

त्यसैगरी, निर्धारित सीमाभन्दा तीव्र गतिमा सवारी चलाउने १७३, लेन अनुशासन पालना नगर्ने १२८ र निषेधित क्षेत्रमा हर्न बजाउने ८७ चालकलाई कारबाही गरिएको छ।

सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८५ र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने ५६ चालक पनि कारबाहीमा परेका छन्।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने एक हजार २४९ चालकलाई समेत ट्राफिक प्रहरीले कारबाही गरेको जनाएको छ।

ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र उपत्यकाको यातायात व्यवस्थापनलाई सुरक्षित तथा व्यवस्थित बनाउन नियमित जाँच र अनुगमन जारी राखेको छ। चालकलाई गति सीमा, लेन अनुशासन, ट्राफिक सङ्केत र पार्किङसम्बन्धी नियम पालना गर्न आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button