१९ असार २०८३, शुक्रबार

बैतडीमा बस दुर्घटना, एक दर्जनभन्दा बढी यात्रु घाइते

बैतडी। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस शुक्रबार अपराह्न दुर्घटनामा परेको छ।

बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा बस सडकबाट तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा एक दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरूको उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थातर्फ पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button