१९ असार २०८३, शुक्रबार

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ — प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्।

प्रधानमन्त्री शाहले शुक्रबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन्।

यसैगरी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. किशनदत्त भट्ट, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ऋषिराम कट्टेल र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. श्यामनारायण लाभ नियुक्त भएका छन्।

पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुजनबाबु मरहट्टा नियुक्त भएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button