प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस

काठमाडौँ — संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शुक्रबार बसेको परिषदको बैठकले कार्कीको नाम प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले रिक्त निर्वाचन आयुक्त पदमा डा. राजीव सुब्बा र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ।
परिषदका सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी ठाकुरले बैठकले प्रमुख निर्वाचन आयुक्तसहित तीन जनाको नाम सिफारिस गरेको जानकारी दिइन्।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त तथा विभिन्न संवैधानिक निकायका रिक्त पदमा नियुक्तिका लागि योग्य व्यक्तिको नाम सिफारिस गर्छ।





