१९ असार २०८३, शुक्रबार

बेलारुसको स्वतन्त्रता दिवसमा पुटिनको शुभकामना

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोलाई बेलारुस गणतन्त्रको राष्ट्रिय पर्व स्वतन्त्रता दिवसका अवसरमा शुभकामना पठाएका छन्।

जुलाई ३ मा पठाइएको सन्देशमा राष्ट्रपति पुटिनले स्वतन्त्रता दिवस बेलारुसी जनताका लागि मात्र नभई रुसी जनताका लागि पनि विशेष महत्व राख्ने बताएका छन्। उनले यो पर्व रुस र बेलारुसको साझा इतिहासको गौरवपूर्ण अध्याय तथा नाजी आक्रमणकारीबाट मिन्स्क मुक्त गरिएको घटनासँग जोडिएको उल्लेख गरेका छन्।

पुटिनले कठोर युद्धकालमा स्थापित भ्रातृ मित्रता र पारस्परिक सहयोगको सम्बन्ध अहिले पनि रुस र बेलारुसबीचको सहयोगात्मक तथा मित्रतापूर्ण सम्बन्ध सुदृढ गर्ने बलियो आधार बनेको बताएका छन्।

उनले मस्को र मिन्स्कले सबै क्षेत्रमा फलदायी रूपमा सहकार्य गर्दै आएको र बाह्य खतरा तथा चुनौतीको सामना गर्न दुवै देशले आफ्ना प्रयास समन्वय गरिरहेको उल्लेख गरेका छन्।

राष्ट्रपति पुटिनले बहुआयामिक साझेदारी विस्तार गर्दै युनियन स्टेटका संस्थालाई थप सुदृढ बनाएर रुस र बेलारुसले जुनसुकै चुनौतीलाई सम्मानपूर्वक पार गर्ने विश्वास व्यक्त गरेका छन्। उनले दुवै देशले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्ना वैध हितको रक्षा गर्दै आफ्ना जनताको मर्यादित भविष्य सुनिश्चित गर्ने बताएका छन्।

सन्देशको अन्त्यमा राष्ट्रपति पुटिनले राष्ट्रपति लुकासेन्कोको सुस्वास्थ्य र सफलताको कामना गर्दै बेलारुसी जनतामा सुख, समृद्धि र कल्याणको शुभकामना व्यक्त गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button