२१ असार २०८३, आईतवार

मौद्रिक नीति र अनुगमन प्रतिवेदनमाथि छलफल गर्न दुई संसदीय समिति बस्दै

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ। संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतका अर्थ समिति र महिला तथा सामाजिक मामिला समितिका बैठक आज बस्दैछन्।

संघीय संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयबारे विज्ञ तथा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि विभिन्न क्षेत्रबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको कार्यविधि तथा आचारसंहिताको मस्यौदा तयार गर्न गठित उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल हुनेछ।

समितिले हालै सम्पन्न गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन पनि बैठकको कार्यसूचीमा राखिएको छ। प्रतिनिधिसभाको विषयगत समितिका रूपमा रहेको महिला तथा सामाजिक मामिला समितिले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षासँग सम्बन्धित विषय हेर्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button