डोल्पा विपत्ति : हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु, ६ जना घाइते

ड्रागन मिडिया समाचार कक्ष
डोल्पाको जगदुल्ला गाउँपालिका- ५ स्थित गैरीगाउँमा गएराति परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीले दुःखद घटना निम्त्याएको छ। बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
स्थानीय स्रोतका अनुसार, गएराति करिब ३ बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्यो। उक्त बाढीले घरहरूमा ठूलो क्षति पुर्यायो।
मृतकको पहिचान स्थानीय अन्दाजी ५६ वर्षीय आनन्दी विकको रूपमा भएको छ, जसको घटनास्थलमै मृत्यु भएको हो। बाढीमा परी घाइते भएका अन्य ६ जनाको उद्धार गरी तत्काल उपचारको व्यवस्था मिलाइएको छ।
बाढीपछि सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको टोली प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुटेको छ। घटनाको विस्तृत विवरण र राहत कार्यको अद्यावधिक जानकारी आउन बाँकी छ।





