२३ असार २०८३, मंगलवार

ठमेलमा पर्यटकलाई हैरानी दिएको आरोपमा तीन युगान्डाली महिला पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकलाई हैरानी दिएको र प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा तीन युगान्डाली महिलालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका महिलामाथि ठमेल क्षेत्रमा हिँडिरहेका पर्यटक तथा सर्वसाधारण पुरुषको बाटो छेक्ने, अश्लील गतिविधिका लागि मोलमोलाइ गर्ने र अनावश्यक दुःख दिने गरेको आरोप छ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा उनीहरूले सुरक्षाकर्मीमाथि समेत अभद्र व्यवहार गरेको आरोप लगाएको छ। पक्राउ परेका महिलाको नाम तथा अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरिएको छैन।

उनीहरूमाथि ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नु आरोप प्रमाणित हुनु होइन। आरोपबारे अन्तिम निर्णय कानुनी अनुसन्धान र सम्बन्धित निकायको प्रक्रियाबाट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button