२४ असार २०८३, बुधबार

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

ड्रागन मिडिया समाचार कक्ष

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज मंगलबार दिउँसो १ बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथि भइरहेको समूहीकृत छलफललाई निरन्तरता दिइनेछ।

प्रदेशसभा सचिवालयका अनुसार बैठकको शुरुआतमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरे, युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय र मुख्यमन्त्री चेतनारायण आचार्यले जवाफ दिने कार्यसूची छ।

त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि समूहीकृत छलफल हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button