२५ असार २०८३, बिहीबार

पालुङटारमा ४५८२ विद्यार्थीको दुर्घटना बिमा

ड्रागन मिडिया समाचार कक्ष

गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको सामूहिक दुर्घटना बिमा गरेको छ।

नगरपालिकाले विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रम शुरु गरिएको जनाएको छ। नगरप्रमुख विवस चिन्तनका अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको हो।

नगरप्रमुख चिन्तनले विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट परिवारमा पर्न सक्ने आर्थिक भारलाई ध्यानमा राखेर सामूहिक दुर्घटना बिमा गरिएको बताए। उनका अनुसार यस कार्यक्रमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रत्यक्ष लाभान्वित हुनेछन्।

नगरपालिकाले बिमा कार्यक्रमले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्‍याउनुका साथै सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन पनि मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button