२७ असार २०८३, शनिबार

मेरिनोको निर्णायक गोलमा बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा

ड्रागन मिडिया समाचार कक्ष

स्पेन फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। क्वाटरफाइनलको रोमाञ्चक खेलमा बेल्जियमलाई २–१ गोलले हराउँदै सन् २०१० को विश्वकप विजेता स्पेन अन्तिम चारमा पुगेको हो।

स्पेनको जितमा मिकेल मेरिनो निर्णायक बने। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले खेलको ८८औँ मिनेटमा गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

यसअघि खेलको ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै स्पेनलाई शुरुआती अग्रता दिलाएका थिए। तर ४१औँ मिनेटमा चार्ल्स डी केटेलारेले बेल्जियमका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि खेल लामो समय बराबरीमै रह्यो। अन्त्यतिर मेरिनोले निर्णायक गोल गरेपछि बेल्जियमको विश्वकप यात्रा क्वाटरफाइनलमै टुंगियो।

मेरिनो यसअघि पनि स्पेनका लागि निर्णायक बनेका थिए। अन्तिम १६ को खेलमा उनले पोर्चुगलविरुद्ध इन्जुरी समयमा गोल गर्दै स्पेनलाई क्वाटरफाइनलमा पुर्‍याएका थिए।

स्पेन अब सेमिफाइनलमा फ्रान्ससँग भिड्नेछ। बेल्जियम भने उपाधि यात्राबाट बाहिरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button