२७ असार २०८३, शनिबार

बुद्धनगरमा गम्भीर आत्महानिको प्रयास, एक पुरुष अस्पताल भर्ना

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँ महानगरपालिका–१० स्थित बुद्धनगरमा शनिबार बिहान एक ४५ वर्षीय पुरुषले गम्भीर आत्महानिको प्रयास गरेका छन्।

पारिवारिक विवादपछि भएको उक्त घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार घाइतेको उपचार जारी छ। प्रहरीले घटनाको कारण तथा परिस्थितिबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

मानसिक वा भावनात्मक संकटमा रहेका व्यक्तिलाई एक्लै नछाड्न तथा परिवार, विश्वासिलो व्यक्ति, स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्थाबाट तत्काल सहयोग लिन आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button