२७ असार २०८३, शनिबार

गम्भीर आत्महानिको प्रयासपछि व्यवसायी राउतको अवस्था चिन्ताजनक

ड्रागन मिडिया समाचार कक्ष

गम्भीर आत्महानिको प्रयासपछि अस्पताल भर्ना गरिएका व्यवसायी अश्विनकुमार राउतको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ।

राउत अध्यक्ष रहेको राउत क्षेत्री सेवा समाजका सचिव रोशन राउतका अनुसार उनको महाबौद्धस्थित ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ। हालसम्म उनको होस नखुलेको बताइएको छ।

परिवारले थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लैजान चाहेको छ। तर स्वास्थ्य अवस्था जटिल रहेकाले तत्काल स्थानान्तरण गर्न चिकित्सकले अनुमति नदिएको सचिव राउतले जानकारी दिए।

राउत केही समयअघि भारतमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका थिए। उपचारपछि पनि उनलाई हिँडडुलमा समस्या रहेको बताइएको छ।

सचिव राउतले पारिवारिक विवादका कारण घटना भएको भन्ने प्रारम्भिक विवरण सत्य नभएको दाबी गरेका छन्। घटनाको वास्तविक कारणबारे आधिकारिक निकायबाट थप विवरण आउन बाँकी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button