२७ असार २०८३, शनिबार

कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा, आश्रय लिइरहेका सुकुम्बासी पुनः विस्थापित

ड्रागन मिडिया समाचार कक्ष

बाढीका कारण कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी परिवार पुनः विस्थापित भएका छन्।

गएराति करिब १ बजेदेखि होल्डिङ सेन्टरभित्र बाढीको पानी पस्न थालेपछि प्रभावित परिवारले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा सारिरहेका छन्।

डुबानपछि होल्डिङ सेन्टर परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। सुरक्षाकर्मीले प्रभावित परिवारको उद्धार, सामान स्थानान्तरण तथा परिसरको सुरक्षा व्यवस्थापनमा सहयोग गरिरहेका छन्।

विस्थापित परिवारलाई भक्तपुरको खरिपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको बताइएको छ। यद्यपि, त्यसबारे अन्तिम निर्णय भइसकेको छैन।

हाल प्रभावित परिवारलाई होल्डिङ सेन्टरनजिकै रहेको कीर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। उनीहरूको दीर्घकालीन व्यवस्थापन तथा स्थानान्तरणबारे सम्बन्धित निकायबीच छलफल भइरहेको जनाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button