२८ असार २०८३, आईतवार

उचित व्यवस्थापनबिना उठीबास लगाइएको भन्दै सुकुम्बासी मोर्चाको प्रदर्शन

ड्रागन मिडिया समाचार कक्ष

उचित वैकल्पिक व्यवस्थापनबिना सुकुम्बासी बस्ती हटाएर परिवारहरूलाई उठीबास लगाइएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

मोर्चामा आबद्ध सुकुम्बासी तथा भूमिहीन समुदायका सदस्यहरूले सुरक्षित आवासको प्रत्याभूति, विस्थापित परिवारको तत्काल व्यवस्थापन र बस्ती हटाउने क्रममा बल प्रयोग नगर्न माग गर्दै प्रदर्शन गरेका हुन्।

शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ बस्दै आएका परिवार थप विस्थापित भएका थिए। त्यसै दिन साँझ जेन–जी अभियन्तालाई प्रहरीले गिरफ्तार गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका हुन्।

प्रदर्शनकारीहरूले सुकुम्बासी तथा भूमिहीन नागरिकको समस्या समाधान गर्नुको सट्टा उनीहरूलाई बारम्बार हटाउने र अस्थायी स्थानमा राख्ने सरकारी प्रवृत्तिको विरोध गरेका छन्। उनीहरूले आवासको अधिकार सुनिश्चित गर्दै दीर्घकालीन र सम्मानजनक व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button