उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित

ड्रागन मिडिया समाचार कक्ष
उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित भएकी छन्।
आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार भण्डारीले निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई १५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्।
निर्वाचन समितिका संयोजक टङ्क दुलालका अनुसार भण्डारीले ७५८ मत प्राप्त गर्दा काफ्लेले ७४३ मत प्राप्त गरेका छन्।
वाणिज्य सदस्यतर्फ जीवनकुमार न्यौपाने, सञ्जीव खड्का, बलराम बस्नेत, सिनेट रिजाल, सञ्जय साह, बलबहादुर न्यौपाने, सन्नी चौधरी, दिनेशप्रसाद धमला र महेश थापा निर्वाचित भएका छन्।
महिला सदस्यतर्फ मीना आचार्य ढकाल र सुमित्रा घिमिरे भट्टराई निर्वाचित भएका छन्।
उद्योग सदस्यतर्फ अभिषेक बस्नेत, शिवप्रसाद भट्टराई ‘भूपाल’, हरिप्रसाद तिम्सिना र किसनकुमार खेडिया निर्वाचित भएका छन्।
उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा कुल दुई हजार ३६९ मतदाता रहेकामा एक हजार ५४३ मत खसेको निर्वाचन समितिले जनाएको छ।





