३० असार २०८३, मंगलवार

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसँग सम्बन्धित तीन विधेयक प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरेका हुन्।

संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

विनियोजन विधेयकले सरकारले विभिन्न मन्त्रालय, निकाय तथा कार्यक्रमका लागि विनियोजन गरेको बजेट खर्च गर्ने कानुनी अधिकार प्रदान गर्छ। आर्थिक विधेयकले कर, राजस्व तथा अन्य वित्तीय प्रावधान कार्यान्वयन गर्ने आधार तयार गर्छ भने राष्ट्र ऋण उठाउने विधेयकले सरकारलाई निर्धारित सीमाभित्र आन्तरिक तथा बाह्य ऋण परिचालन गर्न कानुनी बाटो खोल्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button