३१ असार २०८३, बुधबार

नक्कली नेपाली नोट छाप्ने गिरोहका ६ जना रुपन्देहीबाट पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न रहेको आरोपमा छ जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको अपरेसनका क्रममा प्रहरीले एक भारतीय र पाँच नेपाली नागरिकलाई मंगलबार पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नेपाली नोट छाप्न प्रयोग गरिने मेसिन तथा पाँच लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका मुख्य योजनाकार भनिएका अर्का एक भारतीय नागरिक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटनासम्बन्धी विस्तृत विवरण बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button