३१ असार २०८३, बुधबार

सिंहदरबार अगाडि मोटरसाइकल रोकेर अनेरास्ववियुको प्रदर्शन, सात नेता पक्राउ

ड्रागन मिडिया संवाददाता

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताले सिंहदरबार अगाडि मोटरसाइकल रोकेर विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनमा सहभागी अनेरास्ववियुका सात जना नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोगका अध्यक्ष जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटीका सचिव सुदीप थापा र सीटीईभीटी सदस्य सिरिस बुढाथोकी रहेका छन्।

अनेरास्ववियुका नेता तथा कार्यकर्ताले सिंहदरबार अगाडिको सडकमा मोटरसाइकल रोकेर प्रदर्शन गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरूलाई कहाँ राखिएको छ र उनीहरूमाथि थप कारबाही हुन्छ वा हुँदैन भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button