३१ असार २०८३, बुधबार

प्रधानमन्त्री कार्यालय अगाडि करार कर्मचारीको धर्ना


ड्रागन मिडिया संवाददाता

करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङ मार्फत नयाँ कर्मचारी भर्ना गर्ने सरकारको तयारी विरुद्ध विभिन्न मन्त्रालयका करार कर्मचारीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिएका छन्।

१८ वटै मन्त्रालयमा कार्यरत करार कर्मचारी बुधबार प्रधानमन्त्री कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले सरकारको प्रस्तावित आउटसोर्सिङ प्रणालीले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीको रोजगारी असुरक्षित बनाउने बताएका छन्।

मंगलबारदेखि आन्दोलनमा रहेका कर्मचारीले आफ्नो सेवाको निरन्तरता र रोजगारीको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले करार कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत जनशक्ति व्यवस्थापन गर्ने निर्णय तत्काल रोक्न आग्रह गरेका छन्।

आन्दोलनरत कर्मचारीले सरकारले आफूहरूसँग छलफल नगरी निर्णय अघि बढाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button