१ श्रावण २०८३, शुक्रबार

‘ताराबाजी लै लै’ गीत प्रतिबन्धको माग गर्दै सञ्चार मन्त्रालयमा निवेदन

ड्रागन मिडिया समाचार कक्ष

गायक तथा कलाकार दुर्गेश थापाको आगामी चलचित्र ‘मास्टर्नी’मा समावेश ‘ताराबाजी लै लै’ बोलको गीत प्रतिबन्ध लगाउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दर्ता गरिएको छ।

तनहुँको व्यास नगरपालिका–११ स्थित वाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबहादुर भट्टराईले शुक्रबार मन्त्रालयमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा उक्त गीतले समग्र शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेशाको मर्यादामा आँच पुर्‍याएको दाबी गरिएको छ।

गीतमा प्रयोग गरिएका शब्द शिक्षक समुदायप्रति अपमानजनक र अमर्यादित हुनुका साथै नेपाली संस्कृति तथा सामाजिक मर्यादाविपरीत रहेको उल्लेख गर्दै भट्टराईले गीतको प्रसारणमा तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलाई सम्बोधन गरिएको निवेदनमा गीतले शिक्षण पेशाको गरिमा कमजोर बनाउने सन्देश प्रवाह गरेको दाबीसमेत गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button