१ श्रावण २०८३, शुक्रबार

हङकङमा लडेर शेरबहादुर देउवाको दायाँ हात भाँचियो

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा घाइते भएका छन्।

केही दिनअघि बाथरुममा लड्दा देउवाको दायाँ हात भाँचिएको उनीनिकट स्रोतले जनाएको छ। उपचारपछि उनलाई हङकङकै स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको र हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ सार्वजनिक स्थानमा हिँडडुल गरिरहेका भिडियोमा देखिँदै आएका थिए।

देउवा ७ चैत २०८२ मा सिंगापुरबाट थप स्वास्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button