१ श्रावण २०८३, शुक्रबार

सांसदका स्वकीय सचिवको तलब र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

ड्रागन मिडिया समाचार कक्ष

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसदका स्वकीय सचिवहरूको पारिश्रमिक वृद्धि तथा फिल्ड भ्रमण भत्तालाई समयानुकूल बनाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले सांसदका स्वकीय सचिवको पारिश्रमिकलगायत सुविधाका विषयमा सरकार उदार रहेको बताए।

फिल्ड भ्रमणका क्रममा उपलब्ध गराइने भत्ता तथा अन्य सुविधालाई आवश्यक विधि र प्रक्रिया पूरा गरी समयानुकूल बनाउन सरकार नकारात्मक नरहेको उनको भनाइ थियो।

“तलब वृद्धिको विषयमा सांसदका स्वकीय सचिवदेखि अन्य पक्षसम्म सरकार उदार छ,” वाग्लेले भने, “फिल्ड भ्रमणका क्रममा दिइने भत्तालाई पनि आवश्यक विधि पुर्‍याएर समयानुकूल बनाउन हामी नकारात्मक छैनौँ।”

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button