२ श्रावण २०८३, शनिबार

सुदूरपश्चिम रोयल्सको टिम म्यानेजरमा सुनिल थापा निरन्तर

ड्रागन मिडिया समाचार कक्ष

नेपाल प्रिमियर लिग—एनपीएल फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सले आगामी तेस्रो संस्करणका लागि सुनिल थापालाई टिम म्यानेजरमा निरन्तरता दिएको छ।

२६ वर्षीय थापा नेपाली क्रिकेटको प्रतियोगिता सञ्चालन, खेलाडी समन्वय र टोली व्यवस्थापनमा सक्रिय युवा खेल प्रशासक हुन्। उनले अभ्यास तालिका, यात्रा, आवास, टोली बैठक तथा खेलाडी र प्रशिक्षकबीचको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन्।

क्रिकेट खेलाडीसमेत रहिसकेका थापाले बीबीए कप र कलेज क्रिकेट लिगलगायत प्रतियोगिताको व्यवस्थापन गरेका छन्। उनले इन्डियन प्रिमियर लिग फ्रेन्चाइज राजस्थान रोयल्सबाट खेलकुद व्यवस्थापनसम्बन्धी उच्चस्तरीय प्रशिक्षणसमेत पूरा गरेका छन्।

सुदूरपश्चिम रोयल्सले उनको अनुभव, नेतृत्व क्षमता र व्यवस्थापकीय दक्षतालाई मूल्यांकन गर्दै लगातार दोस्रो सिजन जिम्मेवारी दिएको जनाएको छ। टोलीको आधिकारिक व्यावसायिक विवरणमा पनि थापा व्यवस्थापन समूहसँग आबद्ध देखिन्छन्।

लगातार दुई संस्करण फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले आगामी सिजन व्यवस्थापन र खेलाडी संयोजनलाई थप मजबुत बनाउँदै पहिलो उपाधि जित्ने लक्ष्यसहित तयारी अघि बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button