२ श्रावण २०८३, शनिबार

मिरा पोखरेललाई क्यान्सर, भारतमा उपचार जारी

ड्रागन मिडिया समाचार कक्ष

नेकपा एमालेका नेता ईश्वर पोखरेलकी पत्नी तथा पूर्वसंविधानसभा सदस्य मिरा पोखरेल (ध्वोजु) क्यान्सरको उपचार गराइरहेकी छन्।

पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मिराको भारतको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको जानकारी दिएका हुन्। उनले क्यान्सरको प्रकार भने खुलाएका छैनन्।

पत्नीको उपचारमा खटिनुपरेकाले पछिल्लो समय देशभित्रका राजनीतिक तथा सार्वजनिक गतिविधिमा प्रत्यक्ष रूपमा सहभागी हुन नसकेको पोखरेलले बताएका छन्। उपचार अझै जारी रहने भएकाले केही समय आफ्नो उपस्थिति र गतिविधि प्रभावित हुने उनको भनाइ छ।

पोखरेलले मिराको स्वास्थ्यलाभको कामना गर्दै विभिन्न माध्यमबाट सम्पर्क गर्ने तथा प्रतिकूल अवस्थामा पनि प्रत्यक्ष भेट्न पुग्ने साथी र आफन्तप्रति आभार व्यक्त गरेका छन्।

“तपाईंहरूको सद्भावपूर्ण र सहयोगी भावनाले हामीले हौसला प्राप्त गरिरहेका छौँ,” पोखरेलले भनेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button