राष्ट्रिय सद्भावको सन्देशसहित पहिलो पार्टी नेपालको मोटरसाइकल र्याली

ड्रागन मिडिया समाचार कक्ष
पहिलो पार्टी नेपालले राष्ट्रिय एकता, स्थायित्व, नागरिक सुरक्षा र राष्ट्रिय सद्भावको सन्देशसहित शनिबार काठमाडौंमा मोटरसाइकल र्याली आयोजना गरेको छ।


काठमाडौं महानगरपालिका–४ स्थित सुकेधाराबाट शुरु भएको र्याली चाबहिल, कोटेश्वर, कलंकी, सामाखुसीलगायत चक्रपथ क्षेत्रको परिक्रमा गर्दै पुनः सुकेधारामा पुगेर समापन भएको थियो।
कार्यक्रमका संयोजक गोविन्द बोहरा ‘ब्रह्माण्ड’का अनुसार र्यालीमा करिब २५ देखि ३० वटा मोटरसाइकल सहभागी थिए।


समापन कार्यक्रममा संयोजक बोहरा र सहसंयोजक राजेन्द्र नेगीले सम्बोधन गरेका थिए। उनीहरूले राष्ट्रिय एकीकरणको आधारमा देशलाई स्थायित्व, शान्ति, नागरिक सुरक्षा र सभ्यतागत राष्ट्रिय पहिचानतर्फ अघि बढाउनुपर्ने धारणा राखेका थिए।
आयोजकले नेपाललाई शान्तिक्षेत्रका रूपमा स्थापित गर्ने, राष्ट्रिय सद्भाव सुदृढ बनाउने र नागरिक केन्द्रित राजनीतिक मार्ग निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।





