तिनाउ नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

ड्रागन मिडिया समाचार कक्ष
रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएपछि जल तथा मौसम विज्ञान विभागले नदी किनार तथा आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले जारी गरेको सूचनाअनुसार तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले नदीको बहाव उल्लेख्य रूपमा बढेको हो।
नदी आसपास तथा बारम्बार डुबान हुने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई बिहानसम्म उच्च सतर्क रहन विभागले ध्यानाकर्षण गराएको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा नदीको बहाव र आधिकारिक सूचनालाई निरन्तर ध्यान दिन आग्रह गरेको छ। विभागको बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव र वर्षाको अवस्था वास्तविक समयमा अनुगमन गरिरहेको छ।





