१८ भाद्र २०८३, बिहीबार

वैशाखयता विपदमा १६६ जनाको मृत्यु, तीन हजार ४३५ घटना

ड्रागन मिडिया समाचार कक्ष

गत वैशाखदेखि हालसम्म देशभर भएका विभिन्न विपदका घटनामा १६६ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै सार्वजनिक विवरणअनुसार यस अवधिमा कुल तीन हजार ४३५ घटना अभिलेख भएका छन्।

ती घटनामा ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रभावित भएका छन्। यस अवधिमा सबैभन्दा धेरै आगलागीका ९१४ घटना भएका छन्।

प्राधिकरणको तथ्याङ्कअनुसार सर्पदंशका ५३५, पहिरोका ४९५, हुरीबतासका ४७८, चट्याङका २२९, डढेलोका १९१, जनावर आक्रमणका १९०, बाढीका १७१ र भारी वर्षाका १६६ घटना भएका छन्।

त्यसैगरी, लेक लागेका ५५, असिनाका चार, अन्य प्रकृतिका चार, हिउँपहिरोका दुई तथा डुङ्गा पल्टिएको एउटा घटना अभिलेख गरिएको छ। सबै विधाका घटना जोड्दा कुल संख्या तीन हजार ४३५ पुग्छ।

साउन २ गते बिहानदेखि साउन ३ गते बिहानसम्मको २४ घण्टामा मात्रै देशभर ५८ वटा विपदका घटना भएका थिए। ती घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। उक्त अवधिमा ४५ जिल्ला प्रभावित भएको प्राधिकरणलाई उद्धृत गर्दै प्रकाशित विवरणमा उल्लेख छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button