२० भाद्र २०८३, शनिबार

शेयर बजारका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री शाह

ड्रागन मिडिया समाचार कक्ष

प्रधानमन्त्री बालेन शाहले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग सोमबार विशेष छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट, नेपाल स्टक एक्सचेन्जका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल र नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुने कार्यक्रम छ।

त्यसैगरी नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका शेयर विश्लेषक नवराज सिलवाल, नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठ, प्रियाराज रेग्मी र अम्बिकाप्रसाद पौडेललाई पनि छलफलमा बोलाइएको छ।

बैठकमा पुँजी बजारको वर्तमान अवस्था, बजारको नियमन तथा संस्थागत विकास, धितोपत्र व्यवसाय र बीमा क्षेत्रको सुदृढीकरण तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल हुने सचिवालयले जनाएको छ।

प्रधानमन्त्री शाहले यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग पनि शेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रको अवस्थाबारे छलफल गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button