युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न

ताप्लेजुङस्थित मेवाखोलाबाट उत्पादन गर्न लागिएको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ। कुल ५० मेगावाट क्षमताको युनाइटेड मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न अर्थात् ‘ब्रेक थ्रु’भएको गोरखापत्र अनलाइनले लेखेको हो।

युनाइटेड मेवा जलविद्युत आयोजनाका परियोजना इन्चार्ज आशिष् केदेमका अनुसार पाँच हजार मिटर लम्बाई रहेको सुरुङ निर्माण सम्पन्न भएको हो। कुल चार हजार ८०१.२७ मिटर लामो मुख्य सुरुङ निर्माणको काम सोमबार पूरा भएको केदेमले जानकारी दिनुभयो।

सुरुङ निर्माणको काम सुरु भएको दुई वर्ष एक महिनामा सम्पन्न भएको उहाँले बताउनुभयो। मुख्य सुरुङसँगै पानी थिग्र्याउने ‘अडिट’सुरुङ पनि यसअघि नै निर्माण सम्पन्न भइसकेको छ। केदेमका अनुसार आयोजनामा ब्लाष्टिङ पड्काउनुपर्नेजस्ता पूर्वाधार तर्फका काम करिब सम्पन्न भएको छ। अब सर्किट सहितका कामहरू तीव्र रूपले अघि बढ्ने उहाँले बताउनुभयो।

ताप्लेजुङको मिक्वाखोला र मेरिङ्देन गाउँपालिका आयोजनाको प्रभावित क्षेत्र पर्दछ। आयोजनाको विद्युत गृह मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा रहेको छ। आयोजनाको बाँधस्थल मेरिङ्देन गाउँपालिकाकै वडा ५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिबाङमा पर्दछ। आयोजनाको सुरुङ रहेको क्षेत्र भने मेरिङ्देन गाउँपालिकातर्फ पर्ने परियोजना इन्चार्ज केदेमले जानकारी दिनुभयो।

२०८१ सालभित्रै विद्युत उत्पादन गर्नेगरी निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ।  युनाइटेड मेवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा रहेको सब–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने पनि केदेमले जानकारी दिनुभयो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button