२३ भाद्र २०८३, मंगलवार

क्यानडा सुपर ६० का लागि भ्यानकुभर एंकर्समा आबद्ध दीपेन्द्र

ड्रागन मिडिया समाचार कक्ष

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा आयोजना हुने क्यानडा सुपर ६० क्रिकेट प्रतियोगिताका लागि भ्यानकुभर एंकर्समा आबद्ध भएका छन्।

भ्यानकुभर एंकर्सले दीपेन्द्रलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा गर्दै उनको आक्रामक खेलशैली र अलराउन्ड क्षमताले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

दीपेन्द्रलाई प्रतियोगिताको खेलाडी ड्राफ्टअघि नै टोलीमा अनुबन्ध गरिएको हो। उनीसँगै बङ्गलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमान र इंग्ल्याण्डका अलराउन्डर क्रिस जोर्डनलगायत खेलाडी पनि भ्यानकुभर एंकर्समा आबद्ध छन्।

क्यानडा सुपर ६० को दोस्रो संस्करण २०२६ सेप्टेम्बर २९ देखि अक्टोबर ४ सम्म भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सञ्चालन हुनेछ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा निरन्तर अवसर पाइरहेका दीपेन्द्रको पछिल्लो आबद्धतालाई नेपाली क्रिकेटका लागि अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको सहभागिताले प्रतियोगिताप्रति नेपाली क्रिकेट समर्थकको चासोसमेत बढाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button