२० भाद्र २०८३, शनिबार

नेपाल–रुस सम्बन्धको ७०औँ वर्षगाँठमा लावरोभको शुभकामना

ड्रागन मिडिया समाचार कक्ष

रुसी विदेशमन्त्री सर्गेई लावरोभले नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाललाई शुभकामना सन्देश पठाएका छन्।

२० जुलाईमा पठाइएको सन्देशमा लावरोभले नेपाल र रुसबीचको सम्बन्ध सदैव मित्रता, पारस्परिक सम्मान र एकअर्काका आधारभूत हितप्रतिको उचित सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्।

उनले दुवै देशका जनताको हितका लागि द्विपक्षीय सहयोग थप सुदृढ बनाउन रुस नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

“रुस र नेपालबीचको सहयोगले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्थायित्व र सुरक्षामा योगदान दिइरहनेछ भन्नेमा म विश्वस्त छु,” लावरोभले सन्देशमा भनेका छन्।

उनले परराष्ट्रमन्त्री खनाल तथा नेपाल सरकारको परराष्ट्र मन्त्रालयका सम्पूर्ण कर्मचारीको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन्।

नेपाल र तत्कालीन सोभियत संघबीच २० जुलाई १९५६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुई देशले राजनीतिक संवाद, शिक्षा, विकास सहयोग, संस्कृति र जनस्तरीय सम्बन्धका क्षेत्रमा सहकार्य गर्दै आएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button