कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ

ड्रागन मिडिया समाचार कक्ष
कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटको चाँदनी चोक क्षेत्रमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।
काठमाडौँ प्रहरीका अनुसार मृतक सुरेशचन्द श्रेष्ठ हुन्। प्रहरीले उनी बा ५ च ३०३८ नम्बरको कारका धनीसमेत रहेको जनाएको छ।
मङ्गलबार बिहान श्रेष्ठ कारभित्र रहेको अवस्थामा किया ब्रान्डको पेट्रोल कारमा अचानक आगलागी भएको थियो। आगलागीपछि कारका दुवै ढोका खुला अवस्थामा फेला परेका थिए।
श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
कारमा आगलागी हुनुको कारण खुल्न सकेको छैन। घटनाको प्राविधिक तथा अन्य सम्भावित पक्षबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।





