२० भाद्र २०८३, शनिबार

बीपीको स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’, जलवायु चेतनामा जोड

ड्रागन मिडिया समाचार कक्ष

नेपाली कांग्रेसले जननायक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा ५ किलोमिटर ‘ग्रिन रन’ आयोजना गरेको छ।

‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित युएन पार्कबाट सुरु भएको दौडको उद्घाटन कांग्रेस सभापति गगनकुमार थापाले आज बिहान गरेका हुन्।

ग्रिन रन जावलाखेल पुगेर सम्पन्न हुनेछ। दौडपछि कांग्रेसले जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती र निराकरण कसरी’ शीर्षकमा विज्ञहरूसहित समूहगत छलफल आयोजना गर्नेछ।

सोही स्थलमा सुपरिचित चित्रकारहरूले जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई झल्काउने पेन्टिङसमेत बनाउने कार्यक्रम छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button