२० भाद्र २०८३, शनिबार

बाढी प्रभावित क्षेत्रका लागि चीनको केन्द्रीय बैंकद्वारा १०० अर्ब युआन थप वित्तीय सहायता

ड्रागन मिडिया समाचार कक्ष

चीनको केन्द्रीय बैंकले बाढी नियन्त्रण, विपद राहत तथा विपदपछिको पुनर्निर्माणलाई सहयोग गर्न कृषि र साना व्यवसायसम्बन्धी पुनर्कर्जा कोटामा १०० अर्ब युआन थप गरेको छ।

पिपुल्स बैंक अफ चाइनाले मङ्गलबार घोषणा गरेको उक्त रकम करिब १४ अर्ब ७० करोड अमेरिकी डलर बराबर छ। यसले विपद प्रभावित क्षेत्रमा रहेका व्यवसाय तथा कृषकलाई वित्तीय संस्थामार्फत सहुलियतपूर्ण कर्जा प्रवाह बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

केन्द्रीय बैंकका अनुसार अतिरिक्त पुनर्कर्जा विशेषगरी लघु तथा साना उद्यम, व्यक्तिगत व्यवसायी, कृषि तथा पशुपालन व्यवसाय र किसानका वित्तीय आवश्यकता पूरा गर्न प्रयोग गरिनेछ।

क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्र तथा हुपेई, कान्सु र चच्याङ प्रान्तलगायत बाढी प्रभावित क्षेत्रका व्यवसायलाई प्राथमिकतामा राखिने बैंकले जनाएको छ।

पिपुल्स बैंक अफ चाइनाले सम्बन्धित प्रान्तीय तथा क्षेत्रीय शाखालाई नयाँ पुनर्कर्जा कोटाको पूर्ण उपयोग गर्न निर्देशन दिनेछ। ती शाखाले स्थानीय वित्तीय संस्थालाई विपद प्रभावित व्यवसाय र कृषकका कर्जा मागमा सक्रिय रूपमा प्रतिक्रिया दिन मार्गदर्शन गर्नेछन्।

यो व्यवस्थाले बाढीबाट क्षतिग्रस्त कृषि उत्पादन, पशुपालन, साना उद्योग तथा स्थानीय व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक पुँजी उपलब्ध गराउने लक्ष्य राखेको छ।

केन्द्रीय बैंकले बाढी नियन्त्रण, राहत वितरण र विपदपछिको पुनर्निर्माणका लागि अनुकूल मौद्रिक तथा वित्तीय वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button