राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
काठमाडौं । सामाजिक सञ्जालमार्फत कथावाचिका राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ परेकी छन्।
नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले केसीलाई बिहीबार पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता दिलीप कुमार गिरीका अनुसार राधिका दासीले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
काठमाडौं जिल्ला अदालतले केसीलाई साइबर कसुरसम्बन्धी आरोपमा अनुसन्धान गर्न एक दिन हिरासतमा राख्न अनुमति दिएको छ।
केसीमाथि सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमार्फत राधिका दासीविरुद्ध अपुष्ट सूचना तथा आरोप फैलाएको अभियोग छ। घटनाबारे ब्यूरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।





