१७ भाद्र २०८३, बुधबार

६० व्यापार साझेदारमाथि अमेरिकी भन्सार शुल्कको चीनद्वारा विरोध

ड्रागन मिडिया समाचार कक्ष

चीनले अमेरिकाले ६० वटा व्यापार साझेदारमाथि लगाएको नयाँ भन्सार शुल्कको विरोध गर्दै सबै प्रकारका एकपक्षीय भन्सार उपाय अस्वीकार्य रहेको जनाएको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन च्येनले शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीन र अमेरिकाबीचका आर्थिक तथा व्यापारिक विषयमा बेइजिङको अडान निरन्तर र स्पष्ट रहेको बताए।

“चीन सबै प्रकारका एकपक्षीय भन्सार उपायको विरोध गर्छ। भन्सार युद्ध र व्यापार युद्ध कुनै पनि पक्षको हितमा हुँदैन,” लिनले भने।

अमेरिकाले चीनसहित ६० व्यापार साझेदारबाट आयात हुने वस्तुमाथि नयाँ भन्सार शुल्क लागू गरेको छ। नयाँ व्यवस्थाअन्तर्गत चीनबाट आयात हुने वस्तुमा १२.५ प्रतिशत शुल्क लगाइएको छ।

चीनले सम्भावित प्रतिरोधात्मक कदम चाल्ने वा नचाल्ने भन्ने प्रश्नमा लिनले आफूले चीनको अडान स्पष्ट गरिसकेको प्रतिक्रिया दिए।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले व्यापार साझेदारहरूले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्ने व्यवस्था प्रभावकारी रूपमा लागू नगरेको दावी गर्दै नयाँ शुल्क लगाइएको जनाएको छ।

चीनले भने व्यापारिक विवादलाई एकपक्षीय दबाब वा भन्सार युद्धबाट नभई समानता, पारस्परिक सम्मान र आपसी हितका आधारमा संवाद तथा परामर्शमार्फत समाधान गर्नुपर्ने अडान राख्दै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button