१७ भाद्र २०८३, बुधबार

तारकेश्वरमा कारभित्र महिला मृत फेला

ड्रागन मिडिया समाचार कक्ष

 

काठमाडौँको तारकेश्वरमा विद्युतीय कारभित्र एक महिला मृत फेला परेकी छन्।

तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्रनजिकै रोकिराखेको कारभित्र तारकेश्वर–९ की ४५ वर्षीया रश्मी रिजाल शनिबार मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार रिजाल शुक्रबार बिहान ७ बजेदेखि सम्पर्कविहीन थिइन्। खोजीका क्रममा शनिबार दिउँसो करिब १ बजे कारको पछाडिको सिटमा उनको शव फेला परेको हो।

प्रहरीले उनको शरीर जलेको अवस्थामा भेटिएको जनाएको छ। घटनाको कारण भने खुलिसकेको छैन। प्रहरीले घटनास्थलको अनुसन्धान गर्नुका साथै मृत्युको कारण पत्ता लगाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट बैंकिङ प्रमुखका रूपमा कार्यरत थिइन्।

 

Fore more please visit: Dragon Media

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button