१७ भाद्र २०८३, बुधबार

दाङमा माटोको ढिस्कोले पुरिएर १५ वर्षीय बालकको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

दाङको राजपुर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर १५ वर्षीय एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–२ बेलास्थित दुर्गा सामुदायिक वनभित्र माटो लिन गएका बेला ढिस्को खसेर बालक पुरिएका हुन्।

शनिबार राति करिब ९ बजे दुई जना बालक ट्याक्टरसँगै माटो लिन वन क्षेत्रमा पुगेका थिए। माटो निकाल्ने क्रममा अचानक ढिस्को खस्दा एक बालक पुरिएका थिए।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर बालकको उद्धार गरेको थियो। उनलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा प्रयोग भएको ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button