२० भाद्र २०८३, शनिबार

डा. केसीसँग वार्ता गर्न सरकारी टोली धनगढीमा

ड्रागन मिडिया समाचार कक्ष

धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास खोज्न सरकारी प्रतिनिधि टोली धनगढी पुगेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा बुद्ध एयरको उडानमार्फत आइतबार धनगढी पुगेका हुन्। उनीहरूले डा. केसीका प्रतिनिधिसँग आइतबार नै वार्ता गर्ने तयारी गरेका छन्।

यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा मन्त्रालयका सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगिसकेका थिए। मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरी वार्ताको वातावरण बनाएको मन्त्रालयले जनाएको छ।

सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रका प्रतिनिधिलाई धनगढी पठाएर डा. केसीले उठाएका मागबारे छलफल गर्ने तथा सत्याग्रह अन्त्यका लागि सहमति खोज्ने प्रयास अघि बढाएको हो।

यसैबीच, स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई शनिबार चिकित्सकको सल्लाहमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। अस्पतालमा उनको उपचार र स्वास्थ्य निगरानी भइरहेको छ।

डा. केसी विभिन्न पाँचबुँदे माग राख्दै धनगढीमा आफ्नो २४औँ सत्याग्रहमा छन्। सरकारले वार्तालाई परिणाममुखी बनाएर उनका मागबारे सहमति जुटाउने प्रयास भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button