काठमाडौंमा तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुने

दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित ‘चीन नेपाल मिडिया सम्मेलन २०२४’ यही असोज १० गते काठमाडौँमा सञ्चालन हुने भएको छ। विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको यस सम्मेलनको यो तेस्रो संस्करण हो । चिनियाँ र नेपाली सञ्चारमाध्यमबिच अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित रहने यस सम्मेलनको मुल नारा ‘आपसी सहयोग र जितको सहकार्य’ रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

 

सम्मेलनमा चीन र नेपालका अधिकारी, मिडियाकर्मी, विशेषज्ञ र विद्वानहरूले संवाद र मन्तव्यहरू पस्कने छन् । कार्यक्रममा मिडिया एकीकरण, नवीनतम विकास, अन्तर्राष्ट्रिय सहयोग र अन्य विषयहरूमा गहिरो छलफलहरू हुने छन् । साथै दक्षिण एसियाली मिडियाको भविष्य र यसको विकासका लागि संयुक्त रूपमा सुझावहरू आदान प्रदान गरिनेछ ।

 

तेस्रो चीन नेपाल मिडिया सम्मेलन २०२४ को अवसरमा चिनिया समाचार एजेन्सी सिन्ह्वा, सिसि टिभी, तिब्बत मिडिया ग्रुप लगायत नेपालमा रहेका ३० भन्दा बढी चिनियाँ संस्था, उद्यम र कम्पनीहरू सहभागी हुने छन् भने नेपालतर्फबाट राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन,कान्तिपुर, जनआस्था, देश सञ्चार अनलाइन र मिडिया लगायत ५० भन्दा बढी नेपाली मूलधारका मिडियाहरूको उपस्थिति रहने छ ।

 

सम्मेलनमा नयाँ चीनको स्थापना भएको ७५ औँ वार्षिकोत्सव पनि मनाइने छ । ७५ वर्षको यात्रामा, चीनले आर्थिक, वैज्ञानिक, सांस्कृतिक लगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ, जसले विश्वलाई आकर्षित गरेको छ । यस सन्दर्भमा चीनको विकास र लक्ष्यबारे वृत्तचित्र पनि प्रसारण गरिने छ । चीन र नेपालबिचको मिडिया सहकार्य, सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रमा थप सहकार्यले हामीलाई चीन(नेपाल सम्बन्धको कथाहरू सुनाउन र मित्रताको आवाज फैलाउन अझै विस्तृत प्लेटफर्म प्रदान गर्नेछ।

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button