१९ भाद्र २०८३, शुक्रबार

चीन–ब्राजिल रणनीतिक समन्वय थप सुदृढ बनाउने सीको प्रस्ताव

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र ब्राजिलबीच द्विपक्षीय तथा बहुपक्षीय रणनीतिक समन्वय थप सुदृढ बनाउन चीन तयार रहेको बताएका छन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग सोमबार भएको टेलिफोन वार्तामा राष्ट्रपति सीले पछिल्ला वर्षहरूमा साझा भविष्यसहितको चीन–ब्राजिल समुदाय निर्माण र दुवै देशका विकास रणनीतिबीचको तालमेलमा सकारात्मक प्रगति भएको बताए।

उनले यस्तो प्रगतिले दुवै देशको विकास र जनताको हित प्रवर्द्धन गर्नुका साथै अस्थिर अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण स्थिरता थपेको उल्लेख गरे।

यस वर्ष चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०५औँ वार्षिकोत्सव तथा चीनको १५औँ पञ्चवर्षीय योजनाको शुरुवात भएको उल्लेख गर्दै सीले ब्राजिल पनि महत्वपूर्ण आन्तरिक राजनीतिक कार्यसूचीतर्फ अघि बढिरहेको बताए।

यस्तो अवस्थामा चीन र ब्राजिलले रणनीतिक समन्वय सुदृढ गर्दै साझा भविष्यसहितको समुदाय निर्माणको सकारात्मक गतिलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए।

सीका अनुसार चीन र ब्राजिल दुवै विश्व दक्षिणका महत्वपूर्ण सदस्य भएकाले नयाँ परिस्थिति र चुनौतीको सामना गर्दा इतिहास तथा सभ्यताको प्रगतिका पक्षमा दृढतापूर्वक उभिनुपर्छ।

दुवै देशले विश्वव्यापी शासन प्रणालीको सुधार तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षणमा थप रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

राष्ट्रपति सीले विस्तारित ब्रिक्स सहकार्यको उच्च गुणस्तरीय विकास संयुक्त रूपमा अघि बढाउन, सहकार्यको सही दिशा निर्धारण गर्न, एकताको गति कायम राख्न र थप व्यावहारिक उपलब्धि हासिल गर्न आह्वान गरे।

यसबाट विश्व दक्षिणको ऐक्यबद्धता र आत्मनिर्भरताको नयाँ अध्याय लेख्न सकिने उनको भनाइ थियो।

चीनले ब्राजिलको अन्तर्राष्ट्रिय हैसियत र प्रभावलाई उच्च महत्व दिएको उल्लेख गर्दै सीले ब्राजिलको सार्वभौमिकता र स्वतन्त्रताको संरक्षण, बाह्य हस्तक्षेपको विरोध तथा क्षेत्रीय र विश्व शान्ति एवं स्थिरतामा योगदान गर्ने प्रयासलाई समर्थन गर्ने बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button