१७ भाद्र २०८३, बुधबार

बौद्धमा गम्भीर घाइते सालु गुरुङको उपचारका क्रममा मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

काठमाडौँको बौद्ध गेट नजिकै आत्मदाह प्रयासपछि गम्भीर घाइते भएकी २७ वर्षीया सालु गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कीर्तिपुरस्थित अस्पतालमा उपचाररत गुरुङको मृत्यु भएपछि पोस्टमार्टम गरिएको थियो। सोमबार उनका ससुराले शव बुझेका छन्।

काभ्रेको तेमाल गाउँपालिका–३ स्थायी घर भएकी गुरुङ श्रीमानसँग काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा बस्दै आएकी थिइन्।

साउन ४ गते बौद्ध क्षेत्रमा भएको घटनापछि उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादको पृष्ठभूमि देखिएको बताइएको छ।

यद्यपि घटनाको सम्पूर्ण परिस्थिति, विवादको प्रकृति र अन्य सम्भावित कारणबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button