२० भाद्र २०८३, शनिबार

आज दुई संसदीय समितिको बैठक, प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ हुँदै


ड्रागन मिडिया समाचार कक्ष

सङ्घीय संसद मातहतका दुई संसदीय समितिको बैठक बुधबार बस्दैछ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिका बैठक बस्ने कार्यक्रम रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।

बिहान ११ः१५ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीविरुद्ध उजुरी दिएका व्यक्तिसँग छलफल गर्ने कार्यसूची छ। त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी संसदीय सुनुवाइ गरिनेछ।

समितिले मङ्गलबार निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बालाई आमन्त्रण गरी उनीहरूको कार्ययोजना, योग्यता, अनुभव र प्रस्तावित जिम्मेवारीसम्बन्धी सुनुवाइ गरेको थियो।

यस्तै, बिहान ११ः०० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button