१९ भाद्र २०८३, शुक्रबार

सभामुख अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता

ड्रागन मिडिया समाचार कक्ष

सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको कामकारवाही थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह र नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

उनले मंगलबार विपक्षी दलका नेता भीष्मराज आङदेम्बे तथा नेपाल कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

सभामुखको सचिवालयका अनुसार भेटवार्तामा प्रतिनिधि सभाको बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, संसदीय मर्यादा कायम राख्ने र विचाराधीन विषयलाई परिणाममुखी ढङ्गले अघि बढाउने सम्बन्धमा छलफल भएको थियो।

सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि प्रतिनिधि सभाको आगामी बैठक सञ्चालन र दलहरूबीच आवश्यक समन्वयका विषयमा छलफल गरेका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button