प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन

ड्रागन मिडिया समाचार कक्ष
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
समितिको बैठकले निर्वाचन आयोगका प्रस्तावित आयुक्त गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
संसदीय सुनुवाई समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिका लागि संवैधानिक प्रक्रिया अगाडि बढ्नेछ।





