चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी छाङअनद्वारा नेपालको पोखरामा दिपल ईभी गाडी सार्वजनिक

नेपालका लागि चांगनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल ईभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ। शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले फ्युचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेको नेपालखबर अनलाइनले लेखेको छ।

 

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री बिन्दु कुमार थापाले पोखरामा छाङअनको सफलताको कामना गर्दै र अन्य ब्रान्डहरुले विक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बासडर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल इभी भ्यालु फर मनि भएको बताउनुभयो। ‘यसमा यति धेरै फिचरहरु छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन’, उहाँले भन्नुभयो, ‘म दिपलको पर्फमेन्सबाट पूर्ण रुपमा सन्तुष्ट छु। म पोखरालाई आफैं आएर दिपलको प्रविधि र फिचरको फस्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु।’

छाङअन पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताउनुभयो। उहाँले भन्नुभयो ‘औपचारिक रुपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौँ।

‘चांगन चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । र नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लु गर्व गर्छ’,उहाँले भन्नुभयो, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा दिपल बिक्री भएका छन् र उहाँहरु सबै जना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट छन्।’

 

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button