१९ भाद्र २०८३, शुक्रबार

चीनद्वारा हुलाक उद्योगको १५औँ पञ्चवर्षीय योजना सार्वजनिक


ड्रागन मिडिया समाचार कक्ष

चीनले सेवा सुधार तथा आधुनिक डेलिभरी र रसद सञ्जालको विकास तीव्र बनाउनेसहित १० प्रमुख कार्य समेटिएको हुलाक उद्योगसम्बन्धी १५औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ।

चीनको राज्य हुलाक ब्युरो र विभिन्न सरकारी निकायले संयुक्त रूपमा जारी गरेको योजनामा सन २०३० सम्म हासिल गर्नुपर्ने निश्चित परिमाणात्मक लक्ष्यसमेत निर्धारण गरिएको छ।

योजनाअनुसार सन २०३० सम्म चीनको हुलाक उद्योगको कुल व्यावसायिक आम्दानी २४ खर्ब युआन अर्थात् करिब तीन खर्ब ५३ अर्ब ४७ करोड अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। सो अवधिमा समग्र डेलिभरी परिमाण दुई खर्ब ९० अर्ब वस्तु पुग्ने लक्ष्य राखिएको छ।

एक्सप्रेस डेलिभरी क्षेत्रबाट मात्रै २७० अर्ब पार्सल वितरण गरी २० खर्ब युआन आम्दानी गर्ने प्रक्षेपण गरिएको छ।

योजनाले शहर र ग्रामीण क्षेत्रबीचको सेवागत अन्तर घटाउन विशेष जोड दिएको छ। सन २०३० सम्म ९० प्रतिशत प्रशासनिक गाउँमा सातामा कम्तीमा पाँचपटक हुलाक सामग्री पुर्‍याउने लक्ष्य राखिएको छ।

सेवाको प्रभावकारिता सुधारतर्फ प्रमुख क्षेत्रमा ७२ घण्टाभित्र समयमै डेलिभरी हुने दर ८८ प्रतिशत पुर्‍याउने योजना छ।

चीनका व्यापक वातावरणीय लक्ष्यअनुरूप सन २०३० सम्म एक्सप्रेस डेलिभरी कम्पनीहरूले प्रयोग गर्ने प्याकेजिङ सामग्रीमध्ये ८० प्रतिशतले हरित मापदण्ड पूरा गर्नुपर्ने व्यवस्था पनि योजनामा समावेश गरिएको छ।

यस योजनाले हुलाक तथा एक्सप्रेस डेलिभरी उद्योगको डिजिटल, हरित र आधुनिक रूपान्तरणलाई तीव्र बनाउँदै देशव्यापी रसद प्रणालीको क्षमता र सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button